• +977-9841073737
  • subhabagro@gmail.com
  • Mahalaxmi-4, Imadol-Lalitpur, Nepal
Login

Wish List items

No Item in Wishlist

  • Cart List items

    No Item in Cart

    उल्लेखित बिषयबस्तुहरु सामान्य प्रबिधिको प्रयोगबाट ब्यावसायिक रुपमा गरिने कन्य च्याउ खेतिमा मात्र लागु हुनेछ।

    सर्तहरु:-

    1. च्याउ खेति अत्यन्त संवेदनशील खेतिवाप्ती भएका कारण खेति प्रविधि, सिप, दक्षता, अनुभब सहितको योजना चाहिन्छ ।
    2. योजना बनाउदा च्याउ खेतिलाई प्रत्यक्ष असर गर्ने, करि, बतास, मनसुन, हिमपात, कुहिरो, तुसारी, हुस्सु, चाडपर्व, च्याउ उत्पादनको चाप, बन्द हटताल, बजारको दुरि र बिशेषता आदि लाई सवाल गरेर मात्र बनाउनुपर्छ ।
    3. भैपरि आउने जोखिम या अप्ठ्याराहरुको पुर्वानुमान गरि विभिन्न उपाय या संवत्यहरु तयारी अबस्थामा राख्नुपर्दछ जस्तै दक्ष तथा अनुभवि प्राविधिक सल्लाहकार, वकिल, लेखापाल, आमो निभाउने संवस्त्र, प्राथमिक उपचार किट, बिमा, मौसम पूर्वानुमान, बजारीकरण, बितिय स्रोत, जापतकालिन नम्बर, राजनितिक-सामाजिक माहोल आदि ।
    4. ओधाराको समयमा व्याजको बललाई रोग किराबाट जोगाउने नाममा बिषादीको डोज र कम्पोजिसन नमिल्दा घ्याउ फल्ने बेलासम्म पनि बिषादिको असर रहने हुनाले कतिपय अवस्थामा पुरै च्याउ खुम्चिएर काउली जस्तो पोका परेर फाल्नुपरिरहेको हुन्छ तसंथ उल्लेखित खेति पद्धति वा अन्य बैज्ञानिक प्रणालीलाई अबलम्बन गरेर मात्र रोग किराको उपचार गर्नुपर्दछ ।
    5. कतिपय अवस्थामा च्याउ फल्ने बेला च्याउ घर भित्र स्वच्छ हावा, प्रकाश र पानीको आइता नपुग्दा राम्रोसंग च्याउ फकन वा फल्न सक्दैन तर्सथ टहरा बनाउदा उपयुक्त आकारका हावा-यानी र प्रकाश मिलाउन सकिने संरचना बनाउनुपर्दछ ।
    6. अत्याधिक गर्मी हुने ठाउँ वा तराई क्षेत्रमा ध्याउको घर बनाउदा घर वरीपरी ५० प्रतिशत ग्रीननेटले बेरेर भेन्टिलेशन बनाउनुपर्दछ । उत्त घरको भेन्टिलेशन छोप्न र उर्घान मिल्ले गरि बाहिर पदिद्वाट कालो त्रिपाल वा प्लाष्टिक टागेर राख्नुपर्दछ ।
    7. ठूलो परिमाणमा ब्यबसायिक च्याउ खेति गर्दा एउटा ठाउँमा निरन्तर च्याउ खेति गरिरहनु हुदैन। उक्त इलाकाको पूरै च्याउ घर निमंतिकरण गरेर कम्तिमा दुई महिना खालि राखेर मात्र नयाँ लट सुरु गर्नुपर्दछ ।
    8. एउटा च्याउ फर्मबाट अकों फर्मको दुरि न्यूनतम दुइ किलोमिटर टाढा हुनुपर्दछ । साथै व्यावसायिक केरा खेति, टमाटार खेति र तरकारी खेतिबाट सकेसम्म अलि टाढा मात्र ध्याउ खेति गर्नुपर्दछ अन्याथा उक्त ठाउँको रोग किरा तथा रसायनिक विषादीको प्रकोप पर्न सक्दछ ।
    9. पुरानो फर्ममा प्रयोग भएका पञ्चीड, सुइरी, डोरी, ठेला, कैची, बुट, एप्रोन, त्रिपाल आदि पुन प्रयोग गर्नु पूर्व निर्मलीकरण गरेर मात्र प्रयोग गर्नुपर्दछ ।
    10. च्याउको घर खालि भएपछि निर्मलीकरण गर्नका लागि च्याउ प्राबिधिकले सिफारिस गरिएको बिषादी टनेलको चारैतिरा स्प्रे गरेर फेरि केहि दिनपछि उक्त टनेलभित्र ३-४ केजि चुनापनि धर्कनुपर्दछ ।
    11. एउटा च्याउ घरमा कम्तिमा ४-५ दिन भित्र च्याउ रोपिसक्नुपर्दछ ।
    12. बिग्रेको, कुहिएको, धेरै मसितो, पत्ता-भध्‌यास मात्र भएको पराल प्रयोग गर्नु हुदैन ।
    13. पराल, छ्‌वाली वा कुनैपनि कच्चा पर्दाथमा च्याउ खेति ग‌र्दाखेरि राम्रोसंग वाष्यिकरण गरेर मात्र प्रयोग गर्नुपर्दछ । उक्त निमंलिकृत कच्चापबिलाई मुठिभरि लिएर जोरले निर्धादा छाला भिज्ने तर पानी नचुहिने अबस्थाको हुनुपर्दछ।
    14. बिउँको प्याकेटहरु फुटाएर एकै ठाउमा नमिसाइकन छुट्टाछु‌ट्टै बलमा छुदाछु‌ट्टै बिउको प्याकेट प्रयोग गर्नुपर्दछ ।
    15. कम्तिमा ३ महिना पुरानो पराल मात्र च्याउ खेतिका लागि उपयुक्त हुन्छ ।
    16. जाडो मौसममा सकेसम्म पुरा तयारी अवस्थाको बिउ मात्र प्रयोग गर्नुपर्दछ ।
    17. छ्वाली वा पराललाई पानीमा भिजाउदा लगभग आधा घन्टा जति मात्र भिजाए पुग्छ ।
    18. परालमा चिस्यान नियन्त्रण गर्न ठन्डी वा धुम्मिएको मौसम भए ६-७ घण्टा र सुख्खा मौसम भए लगभग एक घण्टा जति भिजाएको पराल तरकाउनु पर्दछ ।
    19. सामान्य प्रविधिबाट वाष्यिकरण गर्दा ड्रमको आकार अनुसार तापमान फरक पर्ने हुदा सानो आकारको ड्रममा भए कम्तिमा साढे दुई घण्टा र मध्यम आकारका ड्रममा भए साढ़े तीन घण्टा एक रफ्तारमा वाष्यिकरण गराउनुपर्दछ ।
    20. गर्मीमा साना र खुकुला बल बनाउनुपर्दछ तर जाडो महिनामा इच्छा र अनुकूलता अनुसार गर्न सकिन्छ ।
    21. गर्मी महिनामा च्याउ रोपेको पहिलो दिनबाटै पुरै हावा खोलेर शितलता दिनुपर्दछ तर जाडो महिनामा भने रातको समयमा पुरै बन्द गर्ने दिउसो घाम लागेको बखत स्वच्छ हावा प्रवाहको लागि केहि भेन्टिलेशनहरु खोल्नुपर्दछ।
    22. ओबारा वा च्याउ रोपेपछि १५-२५ दिन सम्मको समयमा च्याउको बल अति सबेदशील हुन्छ तर्सथ दैनिक निगरानी गरि उपयुक्त बिधि अनुसार निरन्तर उपचार र स्याहार गर्नुपर्दछ ।
    23. च्याउ दुसाउने र फर्कने बेलामा अत्यधिक स्वच्छ हावा, हल्का पानी र हल्का उज्यालो प्रवाह हुनुपर्दछ तथापि ठन्डी, हुस्सु र सुख्खा हावाबाट बचाउन उक्त समयमा भेन्टिलेशन वा भ्याल-ढोकाहरु बन्द गरि उपयुक्त समयमा मात्र खोल्नुपर्दछ ।
    24. बर्खायाममा ब्याक्टेरिया वा रोगहरु अत्याधिक सक्रिय हुन्छन उक्त समयमा पराल भिजाउदा वा फलेको च्याउमा पानी सिचाइ गर्दा इनार वा खुल्ला ठाउँको पानी प्रयोग गर्दा संक्रमण भई पहेलो जन्डिस लगायतका रोगहरु लाग्न सक्दछ तर्सथ सकभर प्रशोधित पानी वा मुहानको पानी मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।
    25. च्याउले खास प्राकृतिक वा स्वच्छ बातावरण मन पराउदछ तसंथ रसायनको प्रयोग जति कम हुन्छ त्यति च्याउको उत्पादन राम्रो हुने गर्दछ साथै ओबाराको समयमा बाहेक अथवा च्याउ फल्न थालिसकेपछि रोग किरा वा भुसुनाको प्रकोपले खासै असर गर्न सक्दैन तसंथ उक्त अबस्थामा खासै विषादीको प्रयोग गर्नु जरुरत पर्दैन ।
    26. ओधाराको समयमा उपचारर्थ बिषादीको प्रयोग भएको भए भिजाएको सुति कपडाले च्याउको बललाई राम्रो संग धोइ पखाली गरेर मात्र चिर्नु पर्दछ ।
    27. बल चिरेपछि दुई-तीन दिनसम्म पानी सिंचाई गर्न मिल्दैन साथै कुनै अबस्थामा चिरेको ठाउँबाट हरियो दुसि देखा पर्यो भने वा बल कुहिन थाल्यो भने केहि दिनको लागि सिंचाइ बन्द गरेर हावा मात्र खोल्नुपर्दछ ।
    28. गहिरो ठाउँ, बोच, जंगलको छेउ, हावाको प्रवाह छेकिने ठाउँ, प्रदुषि बाताबरण आदि ठाउँहरुको नजिक च्याउ खेति गर्नु हुदैन ।